कांग्रेसका बराललाई पराजित गर्दै कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

काठमाडौं, ९ मंसिर । जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार कास्की क्षेत्र नं. १ मा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई २६ सय ९ मतान्तरले पराजित गर्दै २५ हजार ७९८ मत प्राप्त गरेका छन् । कांग्रेसका बरालले २३ हजार १९८ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

खगराज अधिकारी : दलको नेता पक्का, मुख्यमन्त्री भन्न सकिन्न

९ मंसिर, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशसभामा झरेका थिए एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी । कास्की–१(१) बाट १५ हजार ६२३ मत ल्याएर जितेका खगराजले नेकपा माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार भन्दा बढी मतान्तरले पराजित गरे । एकातर्फ एमालेले खगराजलाई भावी मुख्यमन्त्रीका रुपमा प्रचार गरेको थियो, अर्कोतर्फ कास्कीमा सत्तारुढ गठबन्धनमा अनेक […]

कास्की–१ बाट एमालेका मनबहादुर गुरूङ विजयी

काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का मनबहादुर गुरुङ विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरी गुरूङ विजयी हुनुभएको हो । एमालेका गुरुङले २५ हजार ७ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बरालले […]

कास्की १ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित

कांग्रेसका किशोरदत्त बराललाई पराजित गर्दै एमालेका गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी

कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको शुक्रवार घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार गुरुङले नेपाली कांग्रेसका उम्मेदवार किशोर दत्त बराललाई दुई हजार पाँच सय १९ मतान्तरले पराजित गरेका हुन्। गुरुङले…

कास्की १ मा एमालेका गुरुङ विजयी

९ मंसिर, काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् । एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।

कास्की-१ (२) मा एमालेका गुरुङ विजयी

पोखरा- कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार बेदबहादुर गुरुङ विजयी भएका छन् ।  गुरुङले नेपाली कांग्रेसका दिपक गुरुङलाई ८ सय ६७ मतान्तरले पराजित गरेका हुन् । एमालेका गुरुङले १२ हजार ६ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुँदा नेपाली कांग्रेसका दिपक गुरुङले ११ ...

कांग्रेस महाधिवेशनः कास्की-१ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्। प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई पराजित गर्दै लामिछाने सभापतिमा विजयी भएका हुन्। पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा लामिछानेले ४५८ र गुरुङले ३३० मत प्राप्त गरे। सभापतिमा विजयी लामिछाने पोखरा महानगरका निवर्तमान उपसभापति र तत्कालिन लेखनाथ नगर समितिका सभापति हुन्।

कास्की १ मा एमालेका खगराज अधिकारी विजयी

कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन्। पूर्व स्वास्थ्यमन्त्री अधिकारीले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका हुन्। थापा कानुनमन्त्री समेत हुन्। अधिकारीले ४९२४२ मत प्राप्त गरे भने थापाले २५८२६ मत प्राप्त गरे।

कास्की १ बाट खगराज अधिकारी निर्वाचित

कास्की क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार खगराज अधिकारी निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार यज्ञबहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् ।