वीरपुरमा जिमखानासहितको कभर्ड हल निर्माण

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर– २ स्थित वीरपुरमा जिमखानासहितको कभर्ड हल निर्माण गरिएको छ।...

सम्बन्धित सामग्री

डेढ करोड लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । २०६४ सालदेखि निर्माण सुरु भएको कभर्ड हाल करिब दुई दशकपछि निर्माण सम्पन्न भएको हो । कभर्ड हल शिलान्यासका लागि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्याससँंगै ०६४ मंसिर २७ देखि १५ लाख लगानीबाट कभर्ड हल निर्माण सुरु भएको जिल्ला खेलकुद विकास […]

बजेट अभावमा अलपत्र कभर्ड हल

गण्डकी, ७ चैत । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट […]

व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण, सरोकारवाला भने बेखबर

बझाङ – बझाङको सदरमुकाम चैनपुरमा व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरिएको छ । झन्डै एक वर्ष लगाएर जयपृथ्वी नगरपालिका १० का समाजसेवी सन्तबहादुर सिंहले आफ्नै जग्गामा व्यक्तिगत लगानीमा ब्याडमिन्टनका लागि कभर्ड हल निर्माण गर्नुभएको हो ।  झन्डै २० लाख रुपैयाँमा बनेको कभर्ड हलको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा सिंहले भन्नुभयो, ‘जिल्लामा एउटा पनि राम्रो खेल मैदान छैन । ब्याडमिन्टन खेल्ने खेलाडीको सङ्ख्या बढ्दै गएको छ । कहिले पानी पर्दा र कहिले हावाहुरी चल्दा प्रतियोगिता नै नहुने भएका कारण ...

उच्च अदालत वीरगञ्जका कर्मचारीले चिनी कारखानाको गोदामलाई बनाए ‘कभर्ड हल’

वीरगञ्ज चिनी कारखानाको गोदाम घरमा उच्च अदालत वीरगञ्जका कर्मचारीले आफूखुसी ‘कभर्ड हल’ निर्माण गरेका छन् । सरोकारवाला निकायसँग अनुमति नै नलिई अदालतका कर्मचारीले चिनी कारखानाको गोदामलाई ‘कभर्ड हल’को रुपमा निर्माण गरेका हुन् ।उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका कम्प्युटर अपरेटर तथा कभर्ड हल निर्माण समितिका संयोजक टार्जन कुँवरले १५ देखि २० लाख रुपैयाँको लागतमा डेढ सयदेखि दुई सयजना अट्नेगरी हल र ब्याडमिन्टन कोर्टसहितको कर्वड हल निर्माण भइरहेको बताए ।‘चिनी मिलको गोदा

ऊर्जा मन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन

काठमाडौँ –ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको रु दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको आज एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । सो अवसरमा उनले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त […]

ऊर्जा मन्त्री भुसालद्वारा नखिपोटमा बहु उपयोगी कभर्ड हल उद्घाटन

काठमाडौँ । ललितपुर महानगरपालिका-१४ नखिपोटमा बहु उपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको आज एक कार्यक्रमबिच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । सो अवसरमा उनले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारात्मक प्रभाव पर्ने विश्वास […]

ऊर्जामन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन

ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको रु दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको आज एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।सो अवसरमा उनले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् । मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मतसम्भार गर्दै उपयोगमा ल्याउन आग्रह गरिन् ।“तीन तहका सरकार

भलिबलको कभर्ड हल निर्माणका लागि १ करोड बजेट, होला त काम ?

२५ जेठ, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको पूर्वाधारका लागि सरकारले १ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा भलिबलको कभर्ड हल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ । अर्थमन्त्रीको बजेट भाषणमा क्रिकेटको विधिन्न पूर्वाधारको शीर्षका बजेट विनियोजन भएको जानकारी गराएको भए पनि भलिबलको लागि छुट्टै उल्लेख थिएन । त्यतिबेला भने […]

एक करोड बजेट सकियो, ६ वर्षमा पनि निर्माण भएन कभर्ड हल

रुकुम पूर्वमा कभर्ड हल निर्माण प्रक्रिया सुरु गरेको ६ वर्ष  पुगे पनि निर्माण कार्य सम्पन्न भएको छैन । जिल्लाको सिस्ने गाउँपालिका–६ ढकाल बारामा खेलकुदका गतिविधि सञ्चालन गर्न सहजताका लागि भन्दै २०७२ सालबाट कभर्ड हल निर्माणको प्रक्रिया सुरु गरिएको थियो । त्यतिबेला सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा तत्कालीन मन्त्री गणेशमान पुनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ खर्च गरी कभर्ड निर्माण थालिएको थियो ।पछि तत्कालीन खेलकुद मन्त्री दलजित सिर्पालीले पनि कभर्ड ह

कभर्ड हल निर्माण ७ वर्षपछि सम्पन्न हुँदै

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा निर्माण शुरू भएको ७ वर्षपछि कभर्ड हलको काम सम्पन्न हुने भएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ खलंगामा निर्माणाधीन कभर्ड हलको अधिकांश काम यसअघि नै सम्पन्न भए पनि घेरबार लगायत काम बाँकी थियो । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ विनियोजन भई अहिले कभर्ड हलको बाँकी काम गरिएको निर्माण समितिका अध्यक्ष अनिल बुढामगरले बताए । ‘खुला रूपमा रहेको कभर्ड हललाई चारैतिरबाट घेराबार गरिँदै छ,’ अध्यक्ष बुढामगरले भने, ‘चार भागमध्ये तीन भागमा जस्ताले बारेर एक भागमा इँटाको पर्खाल लगाउने काम लगभग सकिएको छ ।’ निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम भएकाले छिट्टै सम्पन्न हुने उनले बताए । कभर्ड हलको निर्माण २०७० सालमा शुरू भएको थियो । जिल्ला खेलकुद विकास समिति रुकुमको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ७४ लाख १६ हजार आर्थिक सहयोग रहेको कभर्ड हल निर्माणको जिम्मा दिवा निर्माण प्रालि ललितपुरले लिएको थियो । बजेट सकिए पनि काम नसकिएपछि अहिले विनियोजित २० लाख बजेटबाट निर्माण अघि बढाइएको हो । इन्डोर खेलहरू सञ्चालन र प्रशिक्षण सहज बनाउने उद्देश्यले कभर्ड हल निर्माण शुरू गरिए पनि वर्षौंसम्म निर्माण पूरा नहुँदा  खेलकुदका गतिविधि हुन सकेको थिएनन् । प्रयोगमै नआई कभर्ड हल जीर्ण बन्दै गएको थियो । लामो समयपछि निर्माण सम्पन्न हुने भएपछि खेलाडीका साथै प्रशिक्षकहरू उत्साहित भएका छन् ।