रुकुम पूर्वमा कभर्ड हल निर्माण प्रक्रिया सुरु गरेको ६ वर्ष पुगे पनि निर्माण कार्य सम्पन्न भएको छैन । जिल्लाको सिस्ने गाउँपालिका–६ ढकाल बारामा खेलकुदका गतिविधि सञ्चालन गर्न सहजताका लागि भन्दै २०७२ सालबाट कभर्ड हल निर्माणको प्रक्रिया सुरु गरिएको थियो । त्यतिबेला सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा तत्कालीन मन्त्री गणेशमान पुनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ खर्च गरी कभर्ड निर्माण थालिएको थियो ।पछि तत्कालीन खेलकुद मन्त्री दलजित सिर्पालीले पनि कभर्ड ह