सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड ६ महिनाका लागि बन्द भएको हो । सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज खोलिएपछि अब छ महिनाका लागि पूर्वी तराई हुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडक मार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ