खसी–बोका र च्याङ्ग्रा भोलि काठमाडौं आइपुग्ने, पर्सिदेखि बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने भनेको खसी, बोका तथा च्याङ्ग्रा भोलि काठमाडौं ल्याइसक्ने भएको छ । घटस्थापनाको आसपासमा पश्चिम क्षेत्रबाट ल्याउने भनेको तीन हजार खसी, बोका तथा च्याङ्ग्रा सोमबार बिहान काठमाडौं आइपुग्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो ।

सम्बन्धित सामग्री

बिकेनन् दशैँका च्याङ्ग्रा, खाद्यले निकाल्यो लिलामीको सूचना

काठमाडौं : दशैँका लागि ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिलामीको सूचना निकालेको छ। कम्पनीले आज च्याङ्ग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउको आह्वान गरेको हो। स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। जिउँदो च्याङ्ग्राको बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ तोकिएको छ। प्रतिकेजी एक हजार १२५ रुपैयाँ न्युनतम कबोल दर राखिएको छ। यही मंसिर २९ गते सम्म दरभाउ पत्

दशैंका लागि काठमाडौंमा व्यापारीले ल्याउन थाले च्याङ्ग्रा (तस्वीरहरू)

२९ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो । दशैंका लागि हिन्दु धर्मावलम्बीले खसी, बोका,च्याङ्ग्रा आदि खरिद गर्छन् । त्यसैले दशैंमा खसीबोकाको ठूलो कारोबार हुन्छ । काठमाडौं उपत्यकामा व्यापारीहरुले खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याउन थालेका छन् । […]

बजार झरे मुस्ताङी च्याङ्ग्रा

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।...

काठमाडौंमा दसैंको लागि खसी, बोका र च्याङ्ग्रा किन्नेहरुको भिड (फोटोफिचर)

काठमाडौं, १५ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले आजदेखि खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गर्न थालेको छ । दशैंका लागि खाद्यले खोलेको सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ । साथै कलंकी नजिकैको […]

खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ।  बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन्।कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ।कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ। कम्पनीले आजदेखि दुई ह

दसैंका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौं ल्याइँदै

८ असोज, काठमाडौं । यस वर्षको बडादसैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो […]

दशैंका लागि काठमाडौं नआउने भयो च्याङ्ग्रा, एउटैको मूल्य ४० हजार माथि

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंमा पनि च्याङ्ग्रा नल्याउने भएको छ। जिउँदो च्याङ्ग्राको मूल्य नै प्रतिकेजी १७ सय पर्ने भएपछि नल्याउने निर्णयमा कम्पनी पुगेको हो। च्याङ्ग्रा काठमाडौं ल्याउँदा एउटै च्याङ्ग्राको मूल्य ४० हजार माथि पर्ने देखिएको छ। 'खर्कमै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १७ सय रुपैयाँ रहेछ। त्यो…

दशैँका लागि सरकारले तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने

काठमाडौं : सरकारले नजिकिँदै गरेको दशैँका लागि काठमाडौं उपत्यकामा तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ। नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले वीरगञ्ज, हेटौँडा, मुस्ताङलगायत जिल्लाबाट दशैँका लागि उपभोक्ताले सुपथ मूल्यमा किन्न पाउने गरी खसीबोका र च्याङ्ग्रा ल्याउन लागेको हो।खाद्य लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार अहिले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्‍ग्रा संकलन गर्ने काम भइरहेको छ। उपत्यकामा भने घटस्थापना भन्दा केही अघि

खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड विनियोजन

काठमाडौं, असोज ५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी थालेको छ । कम्पनीले खसीबोका दुई हजार र एक हजारको हाराहारीमा च्याङ्ग्रा खरिदका लागि मुस्ताङ कार्यालयलाई निर्देशन गरिसकेको छ । कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड रुपियाँ विनियोजनसमेत गरिसकेको छ । कम्पनीले मूल्य बढ्ने देखेर […]