सल्लाहकार नियुक्ति गरेर २ करोड कुम्ल्याउने मन्त्रीको तयारी, अर्थले रोक्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयमा प्रशासनिक वेथिती निम्त्याएको आरोप लागेको छ। मन्त्री यादवले प्राविधिक सिनियर सहसचिवको दरबन्दी भएका आयोजनाहरुमा सेटिङमा उपसचिव सरहका कर्मचारीलाई कामुको जिम्मेवारी दिएर सहसचिवस्तरका कर्मचारीलाई भूमिकाविहीन ...

सम्बन्धित सामग्री

जनउत्थान लघुवित्तको १२ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पनि पारित

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा आइतवार रुपन्देहीमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको शून्य दशमलव ७८९५ प्रतिशतले हुन आउने रकम ११ लाख ६७ हजार ६७९ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रु.२ करोड २१ लाख ८५ हजार ९०० बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले अधिकृत पूँजी २५ करोड रुपैयाँबाट वृद्धि गरी रु ५० करोड पुर्‍याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिइ कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/ गाभिने तथा प्राप्ति/ समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका निर्णयहरु पारित गरेकोे छ । सभामा कम्पनीको सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्मा,कम्पनीका पूर्व अध्यक्ष तथा संस्थापक डा.यम बहादुर बि.के., पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल लगायतले आफ्नो राय सुझाव सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत/ कम्पनी सचिव सूर्य प्रसाद उपाध्यायले गरेका थिए ।

खप्तड लघुवित्तको साधारणसभा आह्वान, आईपिओ निष्काशन सहितका यस्ता छन् ८ प्रस्ताव

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते शनिवार अत्तरियाको होटेल नमस्तेमा सभा आह्वान गरेको हो ।  सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  ।यस्ता छन् कम्पनीको स्वाहामा पेश हुने प्रस्ताव :  सामान्य प्रस्ताव: १. संचालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २. लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुचिहरु पारित गर्ने । ३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७०/७१ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री वस्याल एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स पुन. नियुक्ति हुन योग्य हुनुहुन्छ।। ४) सर्वसाधारणको लागि शेयर (IPO) निष्काशन गर्ने ।  विशेष प्रस्ताव १ वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।२. यस वित्तीय संस्थामा अन्य लघुवित्त वित्तीय संस्था वा अन्य लघुवित्त वित्तीय संस्थामा यस वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्था संग सम्झौतापत्रमा हस्ताक्षर (Memorandum Of Understanding) गर्ने, सम्पती तथा दायित्वको मुल्यांकन (Due Diligence Audit) गर्ने गराउने, शेयर आदन प्रदान अनुपात तय गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । ३. यस वित्तीय संस्थाको आ.व. २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन गर्ने सम्बन्धमा। ४. वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

खप्तड लघुवित्तले आईपिओ निष्काशन गर्ने, प्रभु क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणको शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा  खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।  खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ ।

मनकामना स्मार्ट लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : सामान्य प्रस्तावहरुः १. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । साथै, साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७ /०४/१० गते सम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । ३. साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७/०४/१० गतेसम्मको कारोवारको लेखापरीक्षण गर्नकालागि नियक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनमोदन गर्ने । ४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक पुनः नियुक्तिकालागि योग्य हुनुहुन्छ।) ५. वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुइ) जना संचालकको निर्वाचन गर्ने । विशेष प्रस्तावहरुः १. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१२,११,५०,०००/- को १७ प्रतिशतले हुन आउने रकम रु.२,०५,९५,५००/(अक्षरेपी दुई करोड पाँच लाख पन्चानब्बे हजार पाँच सय मात्र) बराबरको बोनश शेयर जारी गर्ने । २. बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने ।३. वित्तीय संस्थाको नियमावलीको नियम ३२ को १ (ख) र १ (ग) संसोधन गर्ने। ४. यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्था संग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धीआवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । ५. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

स्वाभिमान लघुवित्तको साधारणसभा आह्वान, मर्जरको पनि प्रस्ताव

स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ८ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ करोड २० लाख ५० हजार रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः (१) संचालक समितिको तर्फबाट अध्यक्षज्युबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । (२) लखापरीक्षण प्रतिवेदन सहितको २०७८. आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । (३) आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (४) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको १.७० प्रतिशतले हुन आउने रकम रु.१५,६४,८५०/- (पन्ध्र लाख चौंसठ्ठी हजार आठ सय पचास मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) बितरण गर्न स्वीकत गर्ने । (५) संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने। (६) रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने बारे । ख. विशेष प्रस्तावः(१) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको ३२.३० प्रतिशतले हुन आउने रकम रु.२,१७,३२,१५०/- (दुई करोड सन्तानब्बे लाख बत्तीस हजार एक सय पचास मात्र) बराबरको बोनश शेयर जारी गर्न स्वीकृत गर्ने । (२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने ।(३) संचालकहरुको सेवा सुविधा पुनरावलोकन गर्ने बारे । (४) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । (५) अन्य इजाजतपत्र प्राप्त (घ) वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । (६) संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने ।

केहि पैसा छुट्याएर राख्नुहोस्, दशैँपछि २१ कम्पनीको झन्डै ६ अर्बको आईपिओ आउंदै

हाल विभिन्न २१ कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन् । हाल धितोपत्र नेतृत्व बिहिन भएकोले लामो समयदेखि बोर्डले कम्पनीहरुलाई आईपिओ निष्काशनको अनुमति दिएको छैन ।  तर नेपाल सरकारले बोर्डमा रहेका अध्यक्षलाई बर्खास्त गरेर नयाँ अध्यक्ष नियुक्ति गर्नको लागि प्रक्रिया सुरु गरिसकेको छ ।  यस स्नागे दशैँपछि ढिलो चाडो बोर्डले नयाँ अध्यक्ष पाउने छ र आईपिओ निष्काशनको अनुमति प्रदान गर्ने प्रकिया अगाडी बढ्ने छन् ।  हाल २१ कम्पनीलेले गरि कुल ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४ सय रुपैयाँ बराबरको आईपिओ निष्काशनको लागि बोर्डको अनुमति कुरेर बसेका छन् ।  नयाँ अध्यक्ष आएमा दशैँ पछाडी यी कम्पनीको आईपिओ आउँन सुरु हुनेछ ।  यसर्थ दशैँमा केहि रकम आईपिओको लागि छुट्याएर राख्न उपयुक्त हुने छ ।  कुन कुन कम्पनीको कति आउने छ आईपिओ ?हाल निम्न कम्पनीहरुले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् । अधिकांशले अंकित मूल्य १ सय मै आईपिओ निष्काशनको लागि अनुमति माग गरेका छन् भने केहि इन्स्योरेन्स कम्पनीले अंकित मूल्यमा प्रिमियम थप गरेर आईपिओ निष्काशनको अनुमति माग गरेका छन् ।  हेर्नुस् कसको कति आईपिओ पाईपलाइनमा?१. सयपत्री हाइड्रोको ९ करोड बराबरको ९ लाख कित्ता २.इमार्जिंग नेपाल लिमिटेडको ५ करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता ३.जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता४. राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख बराबरको ८ लकः ५० हजार कित्ता ५. मोलुंग हाइड्रोको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता ६. रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड ७२ लाख ६० लाख कित्ता (प्रिमियम समेत थपेर प्रति कित्ता २१२ रुपैयाँमा) ७. उपकार लघुवित्तको २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता ८. रिभर फल्स पावरको ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता ९. थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता १०. राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता ११. सीवाईसी नेपाल लघुवित्तको ३ करोड ९५ लाख ३३ हजार ६ सय बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता १२. डिश होमको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता (बुक विल्डिंग विधिबाट आउने सम्भावना)१३. आइएमई लाइफ इन्स्योरेन्सको ६० करोडले हुन आउने ६० लाख कित्ता १४. दोर्दी खोला हाइड्रोको २९ करोड ५१ लाख ९२ हजार ९ सय बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता १५. अपर सोलु हाइड्रोको ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता १६. अपर हेवाखोला हाइड्रोको २० करोड बराबरको २० लाख कित्ता १७. बिन्धवासिनी  हाइड्रोको २५ करोड बराबरको २५ लाख कित्ता १८. हिमालयन हाइड्रोको २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता १९. बलेफी हाइड्रोको ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता २०. ग्रिन भेन्चर्स लिमिटेडको ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता २१. नेस्ड़ो सम्बृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार बर्बर्को ८ लाख २८ हजार ७ सय ५० कित्ता

बजेट खर्च गर्नै सक्दैनन् स्वास्थ्य संस्था : ८ अर्ब ११ करोड रुपैयाँ फ्रिज

–सिंहदरबार वैद्यखानाको च्यवनप्राशको माग गत वर्ष जाडोयाममा अत्यधिक बढ्यो । रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गरिने च्यवनप्राशको उत्पादन पर्याप्त मात्रामा हुन सकेन । वैद्यखानाले बजेट अभाव भएर मागअनुसार उत्पादन गर्न नसकेको भने होइन । स्वास्थ्य मन्त्रालयले गत वर्ष वैद्यखानाका लागि ३ करोड ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २ करोड ११ लाख ६८ हजार रुपैयाँ खर्चै हुन सकेन । ‘कोभिडका कारण मंसिर/पुसतिर मात्र बजेट आयो । त्यसमाथि वैद्यखानाले स्थिर नेतृत्व पाएन । स्वास्थ्य मन्त्रालयले मलाई नै पदबाट तीन पटक हटायो । तीन पटक फेरि नियुक्ति गर्‍यो,’ वैद्यखानाका तत्कालीन प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले भने ।

सेटिङ मिलाएर २ करोड झ्वाम

काठमाडौं :  जिल्ला हुलाक कार्यालय दैलेखमा कर्मचारी नियुक्ति तथा कार्यालय भवन निर्माणको टेण्डरमा झण्डै २ करोड बढी रकम हिनामिना भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत अमरबहादुर मल्लसहितका कर्मचारीहरुले आपसी मिलिमतोमा पटक—पटक वास्तविक दरबन्दी भन्दा बढी द...