–सिंहदरबार वैद्यखानाको च्यवनप्राशको माग गत वर्ष जाडोयाममा अत्यधिक बढ्यो । रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गरिने च्यवनप्राशको उत्पादन पर्याप्त मात्रामा हुन सकेन । वैद्यखानाले बजेट अभाव भएर मागअनुसार उत्पादन गर्न नसकेको भने होइन । स्वास्थ्य मन्त्रालयले गत वर्ष वैद्यखानाका लागि ३ करोड ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २ करोड ११ लाख ६८ हजार रुपैयाँ खर्चै हुन सकेन । ‘कोभिडका कारण मंसिर/पुसतिर मात्र बजेट आयो । त्यसमाथि वैद्यखानाले स्थिर नेतृत्व पाएन । स्वास्थ्य मन्त्रालयले मलाई नै पदबाट तीन पटक हटायो । तीन पटक फेरि नियुक्ति गर्यो,’ वैद्यखानाका तत्कालीन प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले भने ।