साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट आएको छ । परिसूचक नेप्से ५८. ९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६१ अंकमा झरेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार कुल ४ अर्ब २९ करोडको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो ।