नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार केपी ओलीकै पथमा अघि बढिरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनुका साथै संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएर ओलीकै बाटोमा हिँडेको टिप्पणी गरेका हुन् ।उनले भने, ‘तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकवादतर्फ ज