राजनीतिक रूपमा आज हामी जटिल परिस्थितिमा छौं । वर्तमान सरकार बनेदेखि देशमा सुशासन, पारदर्शिता र विधिको शासन हराएको छ । संसदीय परम्परामाथि पटकपटक संसद्भित्रै र संसद्बाहिर प्रहार हुन थालेको छ । एउटै कानुन पनि कसैलाई लाग्ने र कसैलाई नलाग्ने भएको छ । प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको छ ।