काठमाडौं : सेतो रङ्गको हुडी, अनुहारमा मास्क। एक युवक घरको वरपर 'रेकी' गरिरहेका थिए। उनी घरको गेट बाहिर यताउता गरिरहेका थिए। केही बेरमा अर्को युवक घरभित्र छिरे। बाहिर रहेका पहिलेका युवक भने पहिले जसरी यताउता गरिरहेका थिए, त्यही पारामा।
रातको ९ बज्यो। पुसको महिना, दिन छोटो। मानिसहरू चाँडै सुतिसक्ने समय। काठमाडौं तारकेश्वरका त्वानाबासुको परिवार…