काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अहिले ठूलो आर्थिक सम्भावनाको नजिक रहेको दाबी गरेका छन् । आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी दिन राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जलविद्युत निर्यातका कारण यो अवस्था बन्दै गएको दाबी गरे। ‘गम्भीर भएर सोचौं त, देशले हरेक वर्ष ५ खर्बको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देश सरह हुन हामीलाई कति नै वर्ष लाग्ला र ? निराशावादीहरुलाई सोध्न चाहन्छु । हाम्रो देश यति ठूलो आर