काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेट ठिक छैन तर पास गर्न बाध्य हुनेछौं भन्ने सत्तारुढ सांसदका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभामा शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले दल ठूलो कि देश? भनेर प्रश्न गरे। यहाँ सत्तापक्षका सांसदले बजेट सन्तुलित भएन, खास खास नेताका जिल्लामा बजेट खन्याइयो भनेको सुनियो। बजेट ठिक त छैन तर पास त गर्नैपर्यो पनि भन्नुभयो, लामिछानेले भने, ‘हामीले नेपाली जनतालाई यहि सिकाउने हो? दल ठूलो कि