राप्रपाले काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिकामा सोमबारमात्रै उम्मेदवारी दर्ता गराउने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले हालसम्म ४ वटा महानगरपालिकाको उम्मेदवार टुंगिएको र बाँकी महानगरपालिका तथा स्थानीय तहको उम्मेदवार पनि टुंगो लगाउने क्रम जारी रहेको बताए । उनले महानगरपालिकाको हकमा सोमबार र कतिपय स्थानीय तहमा आजै उम्मेदवारी दर्ता हुने बताए । श्रेष्ठकाअनुसार काठमाडौं महानगरको मेयरमा मदनदास श्रेष्ठ, उपमेयर विनिता मगैया, ललितपुर महानगरको मेयरमा अष्ट महर्जन, उपमेयर स्वर्णिमा शाक्य,