संकटमा शंकर पोखरेलको पद : मुख्यमन्त्रीबाट राजिनामा दिने या अविश्वास प्रस्ताव सामना गर्ने? छलफलमा जुट्यो एमाले

बुटवल : आज लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुदैछ। वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजिनामा दिँदै संसद अधिवेशन नै अन्त्य गराएका थिए। तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रयोग गर्दै संसद अधिवेशन अन्त्य गराएका थिए पोखरेलले। तर आज धर्मनाथ नहुदा पोखरेल चेपुवामा छन्।…

सम्बन्धित सामग्री

मुख्यमन्त्री अनुपस्थित भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठक आजै पौने ३ बजेसम्मका लागि स्थगित गरिएको हो।प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए। अविश्वासको प्रस्तावमाथि प्रतिपक्षी दलका नेताहरुले बोलिसकेपछि जवाफ दिनका लागि मुख्यमन्त्री पोखरेल अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो। प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा मुख्यमन्त्री शंकर पोखरेल भने रा

लुम्बिनी प्रदेश : शंकर पोखरेलको विकल्प साँघुरिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो नेतृत्वको सरकारमाथि आइपरेको संकट टार्ने अनेक प्रयासमा लागे पनि अन्ततः उनका लागि निराशाजनक परिणाममात्र हात लागेको छ ।प्रदेश प्रमुख अमिक शेरचनले विपक्षी गठबन्धनको माग अनुरुप साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध प्रदेश सरकारका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रयास भए पनि अन्

लुम्बिनीमा अविश्वास प्रस्तावपछि प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग

बुटवल– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका छन् । मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर विशेष अधिवेशनको माग गरेका हुन् ।यसअघि विपक्षी गठबन्धनका नेताहरूले सोमबार प्रदेश प्रमुख शेरचनसमक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।  अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । विगतमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा

शंकर पोखरेल भन्छन् : म बहुमतमै छु, प्रदेशसभा सचिवालयले नै जालसाजी गर्यो

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यहरूको बहुमत आफूसँगै रहेको दाबी गरेका छन्। सोमबार बिहान (आज) फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो धारणा राखेका हुन्।प्रदेश सभामा अविश्वास प्रस्ताव सामना गर्न नसकेपछि पोखरेलले पदबाट आइतबार बिहान राजीनामा दिएका थिए। तर, आफूसँग बहुमत रहेको दाबी गर्दै पोखरेलले प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित विवरण बुझाएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए।पोखरेलले सपथ लिँदा-नलिँदै नेकपा (एमाल

सांसद चौधरी भन्छन्– अब शंकर पोखरेल मुख्यमन्त्रीको उमेदवार बन्न पाउनु हुन्न

दाङ । लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताएका छन् । अविश्वास प्रस्ताव ‘फेस’ नगरी राजीनामा दिएका पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने उनको दाबी छ । “अविश्वास प्रस्ताव फेस नगरेको हुँदा अब शंकर पोखरेलजी आफैँ मुख्यमन्त्रीको उमेदवार बन्न पाउनु हुन्न,” उनले  भने । चौधरी प्रतिपक्षी दल...