काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बुधबार मध्याह्न हातमा कागजपत्रको फाइल बोक्नेहरूको घुइँचो थियो। कोरोना महामारीको जोखिम अझै रहेका बेला भएको त्यो घुइँचोमा उदयपुरका श्याम मोक्तान भेटिए। राहदानीका लागि बिहानै अनलाइन फाराम भरेका मोक्तान दिउँसो १ बजेसम्म लाइनमा नै बसिरहेका थिए। गत मंसिरमा वैदेशिक रोजगारी (कतार) बाट फर्केका उनी फेरि विदेश जाने तयारीमा छन्। तर‚ राहदानीको म्याद सकिनै लागेकाले नवीकरण गर्न विभाग आएको उनले बताए। नवीकरणका लागि यति लामो समयसम्म लाइन बस्नु पर