विराटनगर महानगरपालिका : नागेश र शिल्पा जितको नजिक

विराटनगर महानगरपालिकाको मेयर पदमा  सत्ता गठबन्धतर्फका उम्मेदवार कांग्रेसका नागेश कोइराला र  उपमेयर पदकी एमाले उम्मेदवार शिल्पा कार्की जितको नजिक पुगेका छन् ।   मेयर पदका उम्मेदवार कोइरालाले उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार...

सम्बन्धित सामग्री

विराटनगर महानगरपालिका पुरस्कृत

विराटनगर । संघीय स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरपालिकालाई पुरस्कृत गरेको छ । सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्दै मन्त्रालयले सरकारी संयन्त्रतर्फ पुरस्कार प्रदान गरेको हो । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गरेका थिए । ‘सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै कानून कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,’ मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।  मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रूपमा समेत अध्ययन गरेको र महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले बताए । मेयर कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।  अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको विक्रीवितरण र सेवनमा महानगरले रोक लगाएको उनले बताए । स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कारको श्रेय उनले विराटनगरवासीलाई दिएका छन् ।  मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको विक्रीका लागि लिएका अनुमतिपत्र नवीकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिए । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र विक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्र नभई मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताए ।

छठका लागि नहर सफा गर्दै विराटनगर महानगरपालिका

छठ पर्वका लागि  विराटनगर महानगरपालिकाले नहर सफाइ गर्न थालेको छ। सफासुग्घर जलाशयमा विराटनगरबासीलाई छठपर्व मनाउने व्यवस्था मिलाउन महानगरले नहर सफा गर्न थालेको हो।   विराटनगरको ४, ५, ६, ११, १२, १६ नम्बर...

विराटनगर महानगरपालिका : कतै विजय जुलुस कतै नतिजा पर्खाइ

विराटनगर : यतिबेला मुलुकै स्थानीय तह निर्वाचनको नतिजाको चटारोमा छ। देशैभर कति स्थानमा नतिजा आइसकेको छ भने कतिपय स्थानमा आउन बाँकी नै छ। यस्तै प्रदेश १ को राजधानी विराटनगर उद्योग तथा व्यवसायिक र राजनीतिक हिसाबले केन्द्रको रुपमा मानिन्छ।प्रजातान्त्रिक आन्दोलन र औद्योगिक क्रान्तिको नगरको रुपमा परिचित विराटनगरमा यतिबेला समग्र नगरवासी महानगरको नेतृत्वको नतिजाको पर्खाइमा छन्।१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा १५ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ भने बाँकी ४ वटा वडाको मतगणना जारी

विराटनगर महानगरपालिका : कोइराला फराकिलो मतान्तरले अघि

विराटनगर : महानगरको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नागेश कोइराला २३ हजार २६९ मतसहित अगाडि छन्।नेकपा एमालेका सागर थापाले १७ हजार ३३९ मत ल्याएका छन्। स्वतन्त्रका उमेश यादवले सात हजार ७२ मत पाएका छन्। राप्रपाका प्रह्लाद शाहले चार हजार ४३१ मत ल्याएका छन्।उपप्रमुखतर्फ नेकपा एमाले शिल्पा निराला कार्कीले २० हजार १४५ मत पाएकी छिन्। गठबन्धनका तर्फबाट जसपाका अमरेन्द्र यादवले ११ हजार ४४३ मत पाएका छन्। यस्तै राप्रपाकी विन्दा लुइँटेल आचार्य पाँच हजार ३८२ र  स्वतन्त्र उम्मेदवा

विराटनगर महानगरपालिका: मतान्तर बढाउँदै कांग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ४ हजार ८ सय ३५ बढी मतका साथ अग्रस्थानमा छन्।...

विराटनगर महानगरपालिका -१५ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ – विराटनगरमा महानगरपालिकाको वडा नम्बर १५ मा नेपाली कांग्रेसका प्रकाश साहसहित प्यानलनै विजयी भएका छन्। बिहीबार बिहान आदर्श माविस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडा नम्बर १५ मा कांग्रेसले जित हात पारेको हो। कांग्रेस ५५ वर्षीय वडाध्यक्ष साहले १ हजार ८ सय ९७ मत प्राप्त पारेका छन्। उनले निकतम प्रतिस्पर्धी […]

विराटनगर महानगरपालिका २ वटा वडामा एमाले र जसपा विजयी

विराटनगर महानगरपालिका २ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। वडा नम्बर १७ मा जनता समाजवादी पार्टी (जसपा) र १९ नम्बर वडामा नेकपा एमालेको प्यानल विजयी भएका छन्।...

विराटनगर महानगरपालिका १९ मा एमाले निर्वाचित

विराटनगर महानगरपालिका १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन्  । उनी ९८७ मत प्राप्त गर्दै विजयी भएका हुन्  ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरपालिका प्रमुखले दिए राजीनामा

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदबाट राजीनामा दिएका छन्।नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पराजुलीले आज मेयर पदबाट राजीनामा दिएका हुन्।यसअघि उनी स्थानीय तह निर्वाचनमा मेयरको आकांक्षी थिए तर नेपाली कांग्रेसबाट मेयर पदमा नागेश कोइराला उम्मेदवार बनेका छन्।उनले पदबाट राजीनामा दिँदै पार्टीलाई चुनावी अभियानमा सहयोग गर्ने बताए।

विराटनगर महानगरपालिका र एन्फाबीच सम्झौता, महिला लिग वैशाख ७ गतेदेखि

विराटनगर महानगरपालिका र अखिल नेपाल फुटलबल संघ (एन्फा)बीच महिला लिगको दोस्रो चरणका खेल विराटनगरमा आयोजना गर्ने सम्झौता भएको छ।...