विभिन्न निकायका विकास निर्माणका काम र ठेक्का अलपत्र पार्ने ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबारको निर्णयअनुसार बालन ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, डाइग्नोकेम–जयसम्भु जेभी, ग्रीनटेक प्रोजेक्ट प्राली, एसएनसी निर्माण सेवा, शाह निर्माण सेवा र आरोग्य कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको हो ।