नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यू

सम्बन्धित सामग्री

कुन मूल्यमा भयो राप्ती हाइड्रोको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज बुधबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि अब नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३१९ रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.३५ रुपैयाँदेखि ३१९.०५ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्च बिन्दुबाट नै कारोबार सुरु भएको हो। कम्पनीको RHGCL सिम्बलबाट कारोबार सुरु भएको हो । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर सुचिकृत भएको थियो। कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको थियो।  कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।