गठबन्धनमा नगरपालिका र गाउँपालिकाको उम्मेदवार भोलि बेलुकासम्म टुंगो लाग्ने

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलको विषय भोलि बेलुकासम्म टुंगो लगाउने दाबी गरेका छन् । सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो लाग्ने बताएका हुन् । ‘हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौँ, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ’, उनले रातोपाटीसँग भने, ‘ त्य

सम्बन्धित सामग्री

गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) ६ हजार ७३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम...

खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

खोटेहाङ गाउँपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवार माओवादी केन्द्रका उदिमबहादुर राई ‘मुक्ति’ प्रमुख र कांग्रेसका...

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा हरिकृष्ण देवकोटा दुई हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका कमलनाथ...

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

१ जेठ, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् । उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए । यसैगरी उपाध्यक्षमा गठबन्धनकै […]

जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन्। गठबन्धनबाट प्रमुखमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उपप्रमुखमा नेपाली कांग्रेसका खेमबहादुर खड्का...

गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार स्थानीयवासीको नियन्त्रणमा

नेकपा (एमाले)सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुग्नुभएका उहाँलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो । उहाँसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन […]

सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।उनसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले लागि नियन्त्रणमा लिएकोे हो । जिल्ला

बैतडीमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राना प्रहरीको नियन्त्रणमा

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको […]

बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार

बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ। आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी परेको हो।...

धुर्कोट गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारी उम्मेदवार

बुटवल : गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता महेन्द्र भण्डारी उम्मेदवार बन्ने भएका छन्। गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै अडान लिएपछि निर्णयको लागि लुम्बिनी प्रदेश गठबन्धन संयन्त्रलाई अध्यक्ष छान्ने अधिकार दिइएको थियो। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले धुर्कोटमा…