तुलसीपुर–७ काला खोलामा ऐतिहासिक भोटे मेला आजदेखि शुरु भएको छ । मेलाको चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्तीले रानी केक काटेर उद्घाटन गर्नुभएको हो ।
दाङ - दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ ।
जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।
पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएकाे वर्षदेखि दाङबासीले नै चासोका साथ पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताउनुभयो ।
उहाँकाअनुसार मेला आउँदाे चैत २ गतेसम्म सञ्चालन हुनेछ । याे मे...
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेपको घुन्सामा रहेको ऐतिहासिक गुम्बा जीर्ण बनेको छ । स्थानीय शेर्पा (भोटे) समुदायको पहिचान बोकेको प्राचीन टासी छ्योलिङ बौद्ध गुम्बा संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।
राज्य पुनःसंरचनासँगै हाल तीन तहको सरकारले आफ्नो भूमिका निर्वाह गर्दै आएको भए पनि अहिलेसम्म गुम्बाको जीर्णोद्धार अर्थात संरक्षण गर्नमा कुनै पनि सरकारको नजर पर्न नसकेको स्थानीयले गुनासो गर्ने गरेका छन् । आवश्यक प्रचार–प्रसार नभएकाले पनि गुम्बा जीर्णोद्धार लागि कसैको ध्यान नगएको हुनसक्ने बताइएको छ । गुम्बा धेरै पुरानो भएकै कारण संरचना क्रमशः भत्किँदै गएको घुन्साका स्थानीय बताउँछन् ।