काभ्रेका उमेश बानियाँले तत्कालीन जिल्ला न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी दिएको ६ वर्ष पुग्न लाग्यो । काभ्रे जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश लेखनाथ ढकालले आफूसँग १८ लाख रुपैयाँ घुस लिएर फैसला गरेको भन्दै न्यायाधीश ढकाललाई कारबाहीको माग गर्दै बानियाँले २०७३ कात्तिक २९ गते न्याय परिषद्मा उजुरी दिएका थिए ।काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल लगायतका स्थानमा पेट्रोल पम्प सञ्चालन गरेका बानियाँ सञ्चालक रहेको पम्पबाट कम परिमाणमा पेट्रोल तथा डिजेल दिएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभाग र प