काठमाडौँ,५ असोज । पूर्व राष्ट्रपति डा रामवरण यादव जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन शिलान्यास गर्दै । तस्बिर : चन्द्रदेव साह/रासस
बलेवा । बागलुङ नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले शनिवार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गरे । निर्वाचित भएपछि गरिएको शिलान्यास नै उनको पहिलो काम थियो । कालिका भगवतीको प्रशासनिक भवन शिलान्यास गरेका नगरप्रमुख श्रेष्ठका लागि आफ्नै नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्नु पहिलो चुनौती रहेको छ ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिले कब्जा गरेको कृषि ज्ञान केन्द्रलगायत भवनमा अहिले नगरपालिकाका प्रशासनिक शाखा छन् । अहिलेकै भवनबाट प्रशासनिक काम गर्ने वा अन्यत्र व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती नवनिर्वाचित नगरप्रमुखलाई बनेको छ ।
बागलुङ नगरपालिका–४ रातमाटामा रहेको आफ्नै भवन छोडेर नगरपालिका–२ मा रहेका तत्कालीन कृषि विकास कार्यालय, महिला बालबालिका कार्यालय र भूसंरक्षण कार्यालयको भवनमा नगरपालिका सरेको थियो । नगरको मुख्य प्रशासन भने तत्कालीन कृषि विकास कार्यालयबाटै सञ्चालन भइरहेको छ । यो भवनमा दुई वर्षअघि कृषि ज्ञान केन्द्र स्थापना भएपछि पटकपटक विवाद सृजना भएको छ ।
सर्वसाधारणलाई असुविधा भयो भनेर नगरपालिकालाई सारिएको कृषिको भवनबाट कार्यालय सञ्चालन गर्दा किसान मर्कामा परेको गुनासो बढेको छ । ‘नयाँ जनप्रतिनिधि आएपछि उहाँहरूले हाम्रो भवन छोडिदिनुहुन्छ कि भन्ने लागेको छ, प्रदेशबाट मन्त्रालयले पनि सोही हिसाबले पहल थालेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने ।
साविक कृषि विकास कार्यालय रहेको भवन र जग्गा स्वतः ज्ञान केन्द्रको हुने र आफूहरूलाई सो भवन आवश्यक रहेको समेत उनको भनाइ थियो । नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र पनि व्यवस्थापन गर्न सक्ने उनले बताए ।
गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले पटक–पटक आग्रह गरेपछि एक वर्ष अघिसम्म कृषिका सबै भवनमा विषयगत शाखा राखेको थियो । त्यस्तै राजस्व र स्वास्थ्य शाखा अन्यत्र व्यवस्थापन गरेर एउटा भवन खाली पनि गरेको थियो । ‘तत्काल नयाँ भवन बनाउने विषयमा सोचेका छैनौं, सबै पक्ष र दलहरूसँग सल्लाह गरेर उपयुक्त व्यवस्थापन हुन्छ,’ नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले भने, ‘अहिले नै यहाँ जान्छौं भनेर भन्न मिल्दैन ।’
कृषिको भवन नगरपालिकाले नछाडेपछि मुख्यमन्त्रीको कार्यालयले उपसचिव नेत्र पौडेलको नेतृत्वमा समस्या समाधान कार्यदल बनाएको छ । कार्यादलले विकल्प सहितको प्रतिवेदन तयार गरेको र एक दुई साताभित्रै मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको केन्द्रका प्रमुख भट्टराईले बताए ।
नगरपालिकाले भवन नछोडेका कारण कार्यालयमा विभिन्न काम गर्ने शाखा, माटो परीक्षण प्रयोगशाला, कर्मचारीका लागि आवास अभाव रहेको उनको भनाइ थियो । उक्त केन्द्रले अहिले साँघुरो भवनमै कर्मचारी खुम्चाएर काम गर्दै आएको बताएको छ । रासस
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको पाँच तले बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । उक्त भवनको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले शिलान्यास गरेका हुन् ।
भवनको कुल लागत १३ करोड ७४ लाख एक हजार ७८१ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
गाउँपालिकाको नाममा रहेको ४९३.५८ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो । भवन पाँच तले बनाउने लक्ष्य रहे पनि पहिलो चरणमा तीन तला निर्माण गरिनेछ ।
पहिलो चरणामा दुई करोड ३९ लाख ८८ हजार ७७८ विनियोजन गरिएको छ । उक्त भवन निर्माणको जिम्मा ज्ञानज्योति बिल्डर्स प्रालि काभ्रेले पाएको छ । ०७९ कात्तिक १५ गतेभित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा प्रशासकीय भवन निर्माण सुरु गरेको थियो । भवन निर्माणको जिम्मा पहिलो चरणमा छिम्केश्वरी निर्माण सेवा आँबुखैरेनीले पाएको थियो । उक्त निर्माण कम्पनीलाई गाउँपालिकाले एक करोड १७ लाख ६७ हजार ३५४ भुक्तानी गरेको जनाएको छ ।
त्यसैगरी दोस्रो चरण आव ०७७/७८ मा सिजल कन्स्क्ट्रसन जेभीले कामको जिम्मा पाएको थियो । ०७६ माघ २१ गते भएको सम्झौता गरी ०७८ साउन २१ गते निर्माण सकिँदै छ । उक्त निर्माण कम्पनीले एक करोड ९१ लाख १० हजार ११२ मा सम्झौता गरेको थियो । रासस
चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक आपत्कालीन आवास सञ्चालनमा ल्याएको छ । नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्नेगरी साझापुरमा जिल्लामै पहिलोपटक आवास सञ्चालनमा ल्याइएको हो ।
भरतपुर–२८ रहेको सो आवास भवन शिलान्यास भएको १८ महीनामासम्पन्न भएको महानगरले बताएको छ । १ करोड ७२ लाखमा निर्माण सम्पन्न दुईतले भवनको पहिलो तलामा ठूलो हल र माथिल्लो तलमा अत्यावश्यक सामग्री भण्डारण गर्ने कोठा र कार्यालय कक्ष रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सो आवासको ६ कट्ठा ५ धुर जमिनमा २ सय २०वर्गमिटर क्षेत्रफल ओटेको भवनमा एकपटकमा २०० जना राख्न सकिने बताइएको छ । रासस
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रुपमा मनाउन सबैलाई आह्वान गरेका छन्।
मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सर्ने आशंका प्रमुख प्रतिपक्षी दलले गरिरहेका बेला प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रिय समाचार समिति (रासस) को नयाँ भवन शिलान्यास गर्दै निर्वाचनले लोकतन्त्रको जग दरिलो बनाउने बताएका हुन् । ‘आवधिक निर्वाचन लोकतन्त्रको आत्म हो,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘निर्वाचन हुनेमा आशंका होइन यसलाई लोकतान्त्रिक उत्सवका रुपमा सफल बनाउन लागाैँ।’
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्याएको थियो। ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो।
सहरी विका...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समितिको नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन् ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित...