ह्यारीले मेगनको पछाडि लागेर बेलायतको अपमान गरे: ट्रम्प

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी आफ्नो देशप्रति ‘अपमानपूर्ण’ भएको बताएका छन्। ट्रम्पले ह्यारीले मेगन मर्केलबाट कोर्रा खाएको बताएका छन्। एक टिभी अन्तर्वार्तामा ट्रम्पले  ह्यारी बेलायतप्रति अपमानपूर्ण बनेको र उनी एक लज्जा बनेको उल्लेख गरेका छन्। ह्यारी र मेगनको भविष्यबारे ट्रम्पले भने- म एकदमै राम्रो भविष्यबेत्ता हुँ। यो अन्त्य हुन्छ र एकदमै खराब […]

सम्बन्धित सामग्री

ट्रम्पले सरकारी विमान नदिएपछि निजी विमानमा वाशिङटन आए बाइडन

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनको जीतलाई पचाउन सकेका छैनन् । त्यसैले गर्दा बाइडनलाई गृहराज्य डेलावेयरबाट वाशिङटन डीसी आउन सरकारी विमान पनि ट्रम्पले उपलब्ध गराएनन् ।  त्यसपछि बाइडन निजी बोइङ ७३७ चढेर वाशिङटन गए । त्यसअघि उनले आफ्ना मृत छोरा बोप्रति शब्दश्रद्धा व्यक्त गर्दै आँखामा आँसु ल्याएका थिए ।  ट्रम्पले बाइडनलाई अपमान गरेको भए पनि सन् २०१७ मा तत्कालीन ओबामा प्रशासनले ट्रम्प परिवारका लागि न्युयोर्कमा एयर फोर्स वान विमान पठाएको थियो ।  बाइडन परिवार वाशिङटनमा अवतरण गरेलगत्तै ट्रम्पले २० मिन...

राजनीतिक तटस्थताको भाष्य

गएको साता केही अमेरिकी टेलिभिजनहरूले सत्ताबाट बिदा हुँदै गरेका आफ्ना राष्ट्रपति ट्रम्पको प्रत्यक्ष प्रसारण बोल्दाबोल्दै काटे । हुन पनि ट्रम्पको लगातारको अनियन्त्रित अभिव्यक्तिले उहाँको पदीय मर्यादा पटक्कै राख्न सकेको छैन र उहाँ संसारलाई नयाँ दृष्टान्त प्रस्तुत गर्दै हुनुहुन्छ । यही क्रममा उहाँले जनमत र निर्वाचन प्रक्रियाकै बेवास्ता र अपमान गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयोे– मैले चुनाव जितेँ । तर, ट्वीटरले नै उहाँको ट्वीटको मुनि नोट राखिदियो, विविध स्रोतहरूले यो चुनावलाई अर्कै ढङ्गले चित्रण गरेका छन् । अनि त्यही नोटमा क्लिक गर्दा बाइडेनले निर्वाचन जितेको समाचारमा पुगिने प्रबन्ध गरिदियो । राष्ट्रपति कार्यालयको बाहिर जाने ढोका अगाडि पुग्नुभएको ट्रम्पका अभिव्यक्तिहरूले राजनीतिमा शक्तिसँगै आधिकारिकता स्थापित हुने पत्रकारिताको सामान्य मान्यता लोकतन्त्र संस्थागत भएको मुलुकमा भने खण्डित पनि हुन सक्ने प्रस्ट देखाएको छ । अप्र्रिmकाका कैयन पिछडिएका मुलुकमा निर्वाचन हारेपछि शक्ति परिचालन गरेर सत्तामा टिकिरहने शासकहरू देखिएका थिए । त्यसैले कुनै कमजोर लोकतन्त्र भएको मुलुकमा भएको भए ट्रम्पको अवस्था अर्कै हुने थियो । ट्रम्पले सामाजिक सञ्जालमा एक–एक पङ्तिको अनियन्त्रित आक्रोश व्यक्त गरिरहेकै बेला पूर्वराष्ट्रपति बाराक ओबामाले भने उहाँप्रतिको सारा क्रोधलाई आफ्नो पुस्तकमा व्यवस्थित रूपमा उन्नुभएको छ । सामाजिक सञ्जालमा अन्धाधुन्ध लेखेरमात्र आफ्नो कुरा स्थापित हुँदैन भन्ने कुरा उहाँको पुस्तकले एक साताभन्दा कम समयमा पाएको वाहवाहीबाटै प्रस्ट भएको छ । एकातिर ट्रम्प, जो हारेको चुनावमा मैले जितेँसम्म लेख्नुहुन्छ । उहाँको लेखाइले ट्वीटरलाई नै लाज लाग्छ, ट्वीट हटायो भनेर रोइकराइ गर्लान् भनेर हुन सक्छ, उहाँलाई झनै नाङ्गो बनाउनेगरी टिप्पणी थपिदिन्छ । अर्कोतिर ओबामा, जो चार वर्षको मेहनतपछि सात सय पृष्ठको आफ्नो आत्मकथा लिएर आउनुहुन्छ । इतिहासलाई मूल्याङ्कनको दायित्व सुम्पेर जनताका सामु आफ्नो वृत्तान्त पस्कनुहुन्छ । टाइविना कोट लगाएको हँसिलो अनुहार आवरणमा समेटिएको छ । आवरणको अन्तरनिहित सन्देश प्रस्ट छ, उहाँ आफ्नो सरल र सामान्य छवि देखाउन चाहनुहुन्छ ।

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उहाँले बताउनुभयो ।