ट्रम्पले सरकारी विमान नदिएपछि निजी विमानमा वाशिङटन आए बाइडन

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनको जीतलाई पचाउन सकेका छैनन् । त्यसैले गर्दा बाइडनलाई गृहराज्य डेलावेयरबाट वाशिङटन डीसी आउन सरकारी विमान पनि ट्रम्पले उपलब्ध गराएनन् ।  त्यसपछि बाइडन निजी बोइङ ७३७ चढेर वाशिङटन गए । त्यसअघि उनले आफ्ना मृत छोरा बोप्रति शब्दश्रद्धा व्यक्त गर्दै आँखामा आँसु ल्याएका थिए ।  ट्रम्पले बाइडनलाई अपमान गरेको भए पनि सन् २०१७ मा तत्कालीन ओबामा प्रशासनले ट्रम्प परिवारका लागि न्युयोर्कमा एयर फोर्स वान विमान पठाएको थियो ।  बाइडन परिवार वाशिङटनमा अवतरण गरेलगत्तै ट्रम्पले २० मिन...