एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्री खानले संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिनुभएको हो । प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका विषयमा नेपालसँगको सहकार्यलाई जारी राख्ने बताउनु भएको छ ।