काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्। संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अव अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्याए।मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन नमिल्ने तर्क गरे। उनले पाँच वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरे