भारतीय जनता पार्टी (बीजेपी) ले उत्तर प्रदेश चुनावअन्तर्गत लखनऊको सरोजनी सीटबाट स्वाति सिंहको चुनावी टिकट खोसेपछि उनले प्रतिक्रिया जनाएकी छन् ।
नेत्री सिंहले आफू बीजेपी नछाड्ने स्पष्ट पारेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टिकट खोसिएपछि उनी समाजवादी पार्टी (सपा) मा प्रवेश गर्नसक्ने चर्चा थियो ।
उनले पत्रकार सम्मेलन गरेर भनिन्, ‘मेरो रोम रोममा भारतीय जनता पार्टी छ, म यही छु, यही रहने छु र यही मर्नेछु ।’
स्वातिका पति दयाशंकर सिंहसँग चलिरहेको विवाद र टिकट खोसिएको विषयमा उनले पतिसँग कुनै विवाद नरहेको...