इलाम-२ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको जित

२४ मंसिर, इलाम। नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन् । नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याए ।

सम्बन्धित सामग्री

इलाम २ बाट एमालेका सुवास नेम्वाङ विजयी

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका...

इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित

१० मंसिर, इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता […]

अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

इलाम २ को मत गणना राकिएको छ। प्रतिनिधिसभा सदस्यका लागि भएका निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ।  इलाम नगरपालिकाका– १ को मतगणना बाँकी...

अन्तिम वडाको मत गन्दागन्दै इलाम २ मा गणना रोकियो

१० मंसिर, इलाम । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ । यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् । अन्तिममा वडा नम्बर […]

इलाम-२ : सुवास नेम्वाङ कांग्रेसका खड्काभन्दा १६ मतले पछाडि

इलाम - इलाम-२ मा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा १६ मतले पछि पर्नु भएकाे छ । इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्न बाँकी रहँदा नेम्वाङ १६ मतले पछि पर्नुभएकाे हाे ।  नेम्वाङले २८ हजार ४ सय ७० मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम् खड्काले २८ हजार ४ सय ८६ मत प्राप्त गर्नुभएकाे छ ।

इलाम-२ मा फेरि पछि परे सुवास नेम्वाङ

६ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।

इलाम-२ मा डम्बर खड्काको अग्रता, पछि परे नेम्वाङ

इलाम– इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ३४२ मत प्राप्त गरेका छन् भने नेम्वाङले २७६ मत पाएका छन् ।

इलाम-२ मा सुवासचन्द्र नेम्वाङ पछि परे

५ मंसिर, इलाम । इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत …

सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेको इलाम २ मा मतगणना सुरु

इलाम  – नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी रहेको इलाम नम्बर २ मा मतगणना सुरु भएको छ । इलामको सदरमुकामस्थित सिटी हलमा  दिउँसोको १ बजेर ४५ मिनेटदेखि मतगणना सुरु भएको हो ।  प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फको र यही क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना एकै पटक सुरु गरिएको छ । इलामको प्रतिनिधिसभा क्षेत्र २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकोमा ६९ हजार ४ सय ८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ...

इलाम २ मा नेम्वाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुुनुहुन्छ । उहाँ पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिनुभएको हो । नेम्वाङले विसं २०५६ देखि लगातार चुनाव जित्दै आउनुभएकामा गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे नौ हजार …