इलाम २ मा नेम्वाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुुनुहुन्छ । उहाँ पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिनुभएको हो । नेम्वाङले विसं २०५६ देखि लगातार चुनाव जित्दै आउनुभएकामा गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे नौ हजार …