काठमाडौं : कोभिड महामारी सुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ। विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ।यस्तै समस्यामा परेकाहरुलाई आफैंले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु¥याउने काम समाजसेवी अजय (सुशील) र लक्ष्मी अधिकारीले गर्दै आएका छन्। काठमाडौंबाट सात किलोमिटरमाथि तारकेश्वरको आफ्नै घरमा दाल, भात, तरकारी र अचार तयार गरेर उनीहरु अप्ठ्यारोमा परेकाहरुलाई खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी