काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे बसेरा होटलमा बस्ने जनाइएको छ । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे छलफल पनि हुने बताइएको छ ।