काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकमा आउँदाे चुनावको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा गएको ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिनेबारे पनि छलफल हुनेछ ।
एमालेले दशैँको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । आजको बैठकमा चुनावी घोषणा पत्रका विषयमा समेत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो।
सत्ता गठबन्धनले चुनावमा तालमेल...