१७ महीनापछि खुल्यो भिठामोड सीमानाका

जलेश्वर । महोत्तरीको मूल भन्सार भिठामोड सीमा नाकाबाट १७ महीनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको हो । गत शुक्रवार, शनिवार र आइतवार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करीब १०० जना सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमवारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए । सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरू बन्दाबन्दीको बेला पनि निर्बाध रूपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू ५०० मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए । मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुशी भएका छन् । सो नाकाबाट पैदल आवागमन शुरू भए पनि सवारीसाधन अझै सञ्चालन भएको छैन । रासस

सम्बन्धित सामग्री

झुलाघाट सीमानाका खुल्यो

काठमाडौँ- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस लक भाँच्चिएपछि मर्मतका लागि मङ्गलबार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो […]

चार दिनपछि खुल्यो नेपाल-भारत सीमानाका

भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।...

चार दिनपछि खुल्यो नेपाल–भारत सीमानाका

बैतडी – चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका मंगलबादेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी […]

चार दिनपछि खुल्यो नेपाल–भारत सीमा नाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो ।बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नु

चार दिनपछि खुल्यो नेपाल-भारत सीमानाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत...

नेपाल–भारत सीमानाका चार दिनपछि खुल्यो

बैतडी : चार दिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ।  भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।बन्द रहेको  नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुबै देशको सहमतिको आधारमा  नाका  बन्द गरिएको थियो।

नेपाल–भारत सीमानाका आजबाट खुल्यो

बैतडी । बैतडीमा चारदिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका मंगलबारबाट खुलेकोछ । भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएकोथियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको […]

भद्रपुर–गलगलिया नाका खुल्यो, खोप कार्ड र परिचयपत्र अनिवार्य

झापा : झापाको भद्रपुर–गलगलिया सीमानाका करिब २० महिनापछि आज (बिहीबार) सहज भएको छ।कोरोना महामारीले लामो समयदेखि बन्द रहेको भद्रपुर–गलगलिया सीमा सरकारले खोल्ने निर्णय एक महिनाअघि गरेको थियो।तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सीमानाका खोलेका थिएनन्। एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबार नाका सहज गरेको हो।भारतीय एसएसबीले दुई मात्रा खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र नागरिकताका आधारमा भारत प्रवेश गर्ने अनुमति दिन

१७ महीनापछि खुल्यो महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाका

भदौ १५, जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महीनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।            गत शुक्रवार, शनिवार र आइतवार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करीब १०० जना सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमवारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए।            सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु ५०० मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए । मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन शुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।रासस

आजदेखि खुल्यो विराटनगरको रानीनाका

विराटनगर : मोरङ जिल्ला प्रशासनले विराटनगरको सीमानाका रानी खुला गरेको छ। कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि लामो समय बन्द रहेको रानीनाका बुधबार खुला गरिएको हो।प्रशासनले मुख्य नाकामा आवतजावत रोक्दा सहायक र चोरबाटोबाट अवैध कारोबारदेखि लुकिछिपी ओहोरदोहोर बढेकाले रानीनाकाबाट आउजाऊ खुला गरेको जनाएको छ।भारतसँग सीमा जोडिएको मोरङका सहायक र चोरबाटोबाट हुने आउजाऊमा कडाइ गरेर पैदल यात्रुका लागि भारतको जोगबनी प्रवेश गर्ने रानीनाका खुला गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (