चार दिनपछि खुल्यो नेपाल–भारत सीमा नाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो ।बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नु

सम्बन्धित सामग्री

नेपाल–भारत सीमा नाका चार दिनपछि खुल्यो

काठमाडौँ । चार दिनदेखि बन्द नेपाल–भारत सीमा नाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुला घाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक […]

डेढ वर्षपछि खुल्यो रौतहटको नेपाल–भारत नाका

२० असोज, रौतहट । कोरोना संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको रौतहटको नेपाल भारत सीमा नाका बुधबारदेखि खुलेको छ । रौतहटको गौर र भारतीय बजार बैरगनिया नाकामा बुधबारदेखि निजी सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नेपाली पक्षले एक साता अघिनै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक […]

१८ महिनापछि बेलहिया नाका खुल्यो

काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ । नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णयगरेसंगै नाका खुला गरिएको हो । नाका खुला भएपनि नेपाल आउने यात्री […]

पूर्णरूपमा खुल्यो जमुनाह नाका

नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ । सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्णरूपमा खुला गरिएको छ । कोरोना पूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिए पनि स्वस्थ मापदण्डमा भने कडाइ नै रहनेछ ।कोरोना सङ्क्रमण बढेपछि भारतीय सवारी नेपाल