झापा : झापाको भद्रपुर–गलगलिया सीमानाका करिब २० महिनापछि आज (बिहीबार) सहज भएको छ।कोरोना महामारीले लामो समयदेखि बन्द रहेको भद्रपुर–गलगलिया सीमा सरकारले खोल्ने निर्णय एक महिनाअघि गरेको थियो।तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सीमानाका खोलेका थिएनन्। एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबार नाका सहज गरेको हो।भारतीय एसएसबीले दुई मात्रा खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र नागरिकताका आधारमा भारत प्रवेश गर्ने अनुमति दिन