नेपाली काँग्रेस बागमती प्रदेश समितिले जिल्लामा हुने गठबन्धनको निर्णय प्रक्रियामा सहभागिताको लागि प्रतिनिधि पठाएको छ । मंगलबारको गठबन्धनको शिर्ष नेतृत्वको बैठकको निर्णयको पत्राचार अनुसार प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचन प्रयोजनको लागि प्रदेशका १३ वटै जिल्लामा हुने गठबन्धनको निर्णय प्रक्रियामा सहभागिताको लागि प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरुलाई प्रतिनिधि तोकेर पठाएका हुन् ।सभापति बानियाँले पठाएका प्रतिनिधिहरूमा काठमाडौंमा चन्द्र महर्जन र दीर्घमानज श्रेष्ठलाई प्रदेश प्