मेलम्ची नगरपालिकाले गर्‍यो सामूहिक बासको व्यवस्था

काठमाडौं। मेलम्ची नगरपालिकाले फेरि बाढी आउनसक्ने भन्दै जोखिमयुक्त घरमा नबस्न भनेका छ। दुईपटक बाढी आइसकेको मेलम्चीमा नगरपालिकाले सूची निकालेर जोखिमयुक्त घरका मानिसलाई सामूहिक बासको व्यवस्था समेत गरेको छ। नगरपालिकाले पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको जनाएको छ। सोही कारण, नगरपालिकाले प्रभावितहरुलाई आगामी १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राख्ने व्यवस्था गरेको हो।

सम्बन्धित सामग्री

मेलम्ची नगरपालिकाले सुरु गर्‍यो योजनामा अनलाइन सम्झौता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइन सम्झौता थालनी गरेको छ । नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन प्रकृयाबाट सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी गराउनुभयो । २० लाख रुपैयाँ भन्दा मुनिका योजनाको अनलाइन सम्झौता थालिएको हो । उपभोक्तामार्फत गरिने योजनाको पारदर्शिता कायम गर्न सबै योजना अनलाइनमार्फत सम्झौता […]

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

सिन्धुपाल्चोक :  गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

काठमाडौँ,१४ असोज । गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो । नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ । नगरपालिकाले गए राति इन्द्रावती […]

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । वि.सं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।  नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ । नगरपालिकाले गएराति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ । बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन् । नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्च

प्रदूषित बन्दै मेलम्ची नदि

सिन्धुपाल्चोक, १५ मंसिर । मेलम्ची बाढीपछि मेलम्ची नगरपालिकाले फोहोर नउठाउँदा नदि किनार प्रदूषित बन्दै मेलम्ची नदि । तस्वीरः देवराज सुवेदी, रासस

मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ ।

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउन मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ।

मेलम्ची र हेलम्बुलाई टोखा नगरपालिकाले २० लाख सहयोग गर्ने

काठमाडौ : टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ। सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख ज्ञान माया डङ्गोलले जानकारी दिइन्।सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले २० लाख राहतको घोषणा गरेको उनले बताइन्। ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो

चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

काठमाडौं। चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाले बाढीपहिरा प्रभावितको उद्दार र राहतको लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन्। चाँगुनारायण नगरपालिकाले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।मध्यपुरथिमी नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई ११ लाख ११ हजार १११ को दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।