एनआरएन विस्कन्सिन च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिने गोविन्द फुलाराको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विस्कन्सिन च्याप्टरका सचिव गोविन्द फुलाराले आगामी अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एनआरएन विस्कन्सिन च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  सन् २०१३ देखि अमेरिकाको विस्कन्सिन राज्यमा बसोबास गर्दै आएका उनले विस्कन्सिन च्याप्टरमा चालू कार्यकाल (सन् २०२१–२३) गरी दुई कार्यकाल सचिवको अनुभव हासिल गरेका छन् । उनी अघिल्लो कार्यकाल (सन् २०१९–२१)मा पनि सचिवको भूमिकामा थिए ।  उनले नेपाली संस्कृतिको जगेर्ना गर्दै विस्कन्सिन राज्यमा रहेका नेपालीहरूको माग, मुद्दा र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । साथै उनले आफूलाई प्रतिनिधिहरू निर्वाचित गराउने विश्वाससमेत व्यक्त गरेका छन् । 

सम्बन्धित सामग्री

एनआरएन यूके चुनाव : खड्काको उम्मेदवारी फिर्ता, अध्यक्षमा गाहामगरलाई समर्थन

लण्डन : गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष सुनिलबाबु खड्काले अर्का उम्मेदवार प्रेम गाहा मगरलाई समर्थन जनाउँदै आफूले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन्।उपाध्यक्ष खड्काले आफूभन्दा अनुभवी र वरिष्ठ भएकाले अध्यक्ष पदमा गाहा मगरलाई आफ्नो समर्थन रहेको बताएका हुन्। आइतबार राति एक वक्तव्य जारी गर्दै खड्काले अब आफूले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन्।‘नेपाली समाजको एकताका लागि गैर आवासीय नेपाली संघ यूकेको निर्वाचनलाई मित

वन भट्टद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेका भट्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७-१९ कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बताए। गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहेका उनी राष्ट्रिय समन्वय परिषदको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष…