पोखरा : डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा बिहीबार स्वर्ण पदक जितेको छ।पोखरा रंगशालामा भएको फाइनलमा एपिएफले सडेन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको हो। एपिएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो।यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दुवै टोलीका १/१ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि १० खे