पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । “पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पट