काठमाडौं, मंसिर २१ । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ । मङ्गलबार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन् । उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश थिए […]