काठमाण्डाै – नेपालको पूर्वी तराईमा रहेकाे चन्द्र नहर सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले झन्डै दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाण्डाै र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदर रहेको याे सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ ।
नेपालको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथ...