लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधेखण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ।  कालोपत्रका लागि २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/इसिसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा परेको हो।  तीन वर्षमा निर्माण सम्पन्न...

सम्बन्धित सामग्री

चितवनमा तीन निर्माण कम्पनी कालोसूचीमा

चितवन। चितवनका विभिन्न ठाउँमा विकास निर्माणका काम अलपत्र पार्ने तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । चितवनमा विकास निर्माणका काम अलपत्र पार्ने तीन कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले सूचना प्रकाशित गरेर कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं ७ मा रहेको यो कम्पनी सडक डिभिजन कार्यालय, भरतपुरको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा परेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर शाहका अनुसार यो कम्पनीले राप्ती नगरपालिकाको बुढीखोलामा पुलको काम अलपत्र पारेको थियो । ‘कम्पनीले काम गर्दागर्दै अलपत्र पारेर सम्पर्कविहीन भयो । पटकपटक म्याद थप र ताकेता गर्दा पनि काम नगरेपछि कालोसूचीमा राखिएको हो,’ उनले भने । कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । यसैगरी रत्ननगर नगरपालिकाको सिफारिसमा रत्ननगर नगरपालिकाको वडा नं ८, ९ र १० मा सडक निर्माण अलपत्र पार्ने दुई कम्पनी हेटौंडाका निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्स र काठमाडौंका स्वप्निल पौडेलको कम्पनी एसबीएस इञ्जिनियरिङ एशोसिएट्सलाई पनि कालोसूचीमा राखिएको छ । शिवालयलाई एक वर्ष ६ महीना र एसबीएसलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।  रत्ननगर नगरपालिकाका इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले ती दुई कम्पनीलाई पटकपटक म्याद थपेर अवसर दिए पनि १२ प्रतिशतभन्दा बढी काम नगरेको बताए । उनले भने, ‘दुवै कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि काम गर्न सकेनन् । सार्वजनिक सुनुवाइमा समेत आएनन् ।’ दुवै कम्पनीले सडक कालोपत्र र सडक सौन्दर्यकरणको ठेक्का पाएका थिए । यीसँगै देशभरका २२ ओटा निर्माण कम्पनी कालोसूचीमा परेको कार्यालयको सूचनामा उल्लेख छ ।

भरतपुरमा चार निर्माण कम्पनी कालोसूचीमा

चितवन। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरीद अनुगमन कार्यालयले भरतपुर महानगरपालिकामा ठेक्का लिएर काम अलपत्र पार्ने चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न सिफारिश भएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको कार्यालयले बताएको छ । भरतपुर महानगरपालिकाको सिफारिशमा भरतपुर महानगरपालिका–१ को सशक्तशरण गोले अभिषेकको निर्माण कम्पनी अर्बन कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले भरतपुर महानगरपालिका वडा नं २८, १५, ११ र ५ मा सडक निर्माणका ६ ओटा काम अलपत्र पारेको महानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख सन्तोष आचार्यले जानकारी दिए । भरतपुरकै वडा नं २० र ६ मा सडकको काम अलपत्र पार्ने निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्सलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यसैगरी माधव घिमिरेको कश्यप निर्माण सेवा तथा सप्लायर्स एक वर्ष ६ महीनाका लागि कालोसूचीमा परेको छ । पूर्वाधार महाशाखा प्रमुख आचार्यका अनुसार यो कम्पनीले भरतपुर महानगरपालिका–५ मुनालचोक दक्षिणको बाटो निर्माणको ठेक्का लिएर काम नै गरेको थिएन । निर्माण सामग्रीको मूल्य बढेकाले कतिपय कम्पनीले काम नगरेको उनको भनाइ छ । भरतपुर महानगरपालिका–११ मा रहेको हेमराज बस्यालको निर्माण कम्पनी पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । कम्पनीले भरतपुरमा पर्ने पूर्व–पश्चिम राजमार्ग खण्डसहित विभिन्न सडक मर्मतको ठेक्का लिएर काम नगरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर शाहले बताए । त्यसैगरी पूर्वाधार विकास कार्यालय भरतपुरको सिफारिशमा नागार्जुन शंकरमाली जेभी काठमाडौं, नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि र शंकरमाली निर्माण सेवा प्रालि कालोसूचीमा परेका छन् । यी कम्पनीले मकवानपुरको सामरी पुल निर्माण नगरी छाडेको कार्यालयका प्रमु्ख वीरेन्द्र चौधरीले जानकारी दिए ।

पाँच निर्माण कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

मल नल्याउनेसहित एकै पटक परे २४ निर्माण कम्पनी कालोसूचीमा, यी हुन् कम्पनी

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न आयोजनाको काम अलपत्र पार्ने २४ निर्माण कम्पनीलाई एकै पटक कालोसूचीमा राखेको छ। कार्यालयले

आयोजना अलपत्र पार्ने १२ निर्माण कम्पनी कालो सूचीमा

समयमै आयोजनाको निर्माण सम्पन्न नगर्ने दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै निर्माणका काम नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।भरत–सप्तकोसी जेभी, हाइवे कन्स्ट्रक्सन, विधि बिउल्डर्स, माईबाबा एन्ड नारा नक्सट्रक्सन सेवा, अनुकूल निर्माण सेवा कालोसूचीमा परेका छन् । हाइग्रीभा सिद्धि साई प्रकाश जेभी, पाँचखाल कन्सट्रक्सन, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स, एमएसके निर्माण लेखा, सुमदिवी कन्ट्रक्सन, समेत कालोसूचीमा परेका छन् ।निलग

आयोजना अलपत्र पार्ने चिनियाँसहित १० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना अलपत्र पार्ने १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै समयमा काम नसक्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।१० कम्पनीमध्ये ६ वटा कम्पनीलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, एउटा कम्पनी साढे २ वर्षका लागि र बाँकी ३ वटा कम्पनी ३ वर्षका लागि कालोसूचीमा परेका हुन् । यो सूचीमा २ वटा चिनियाँ कम्पनी समेत परेका छन् ।