वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीले श्वेतपत्र जारी गरेका छन् । नगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले आइतबार श्वेतपत्र जारी गरेका हुन् । डा.दिपेन्द्रकुमार चौधरीको संयोजकमा ९ सदस्यीय श्वेतपत्र २०७९ तर्जुमा समिति गठन भएको थियो । स्थानीय सरकारको पहिलो कार्यकालको यथास्थिती चित्रण गर्न र महानगरो वर्तमान अवस्था देखाउन श्वेतपत्र जारी गरिएको हो ।