वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्नका लागि श्वेतपत्र तर्जुमा समिति गठन गरेको छ । महानगरपालिकाले डा. दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा नौ सदस्यीय श्वेतपत्र तर्जुमा समिति गठन गरेको हो ।वीरगन्ज महानगरपालिकाको वास्तविक अवस्थाको जानकारी महानगरवासीलाई दिनका लागि महानगरपालिकाले श्वेतपत्र जारी गर्न लागेको हो । वीरगन्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत […]