सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले सरकार छोड्ने विषयमा पार्टी भित्र कुनै छलफल नभएको पनि बताएका हुन् । शनिबार माओवादी केन्द्रका शिर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोड्ने वा नछोड्ने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताए ।खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनभिज्