‘टुरिष्ट भिसा’मा विदेश जान कडाई, ४ लाख आम्दानी र कर तिरेको प्रमाणपत्र अनिवार्य

पर्यटक भिसामा विदेश जान कडाई हुने भएको छ । पर्यटक भिसामा विदेश पठाएर दलालहरुले मावन तस्करी गरिरहेको र विदेशमा अलपत्र पर्ने नेपालीको संख्या बढिरहेको भन्दै गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७९’ स्वीकृत गर्दै पर्यटक भिसामा विदेश जान कडाईको नीति लिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलका अनसार पैसा नभएका र विदेश घुम्न जान पर्याप्त आम्दानीका स्रोत नभएकाहरु पनि भिजिट भिसामा विदेश जाने र उतै अलपत्र पर्ने क्रमलाई रोक्न कडाई गर्ने गरी कार्यविधि स्वीकृत गरिएका हो । विदेश घुम्न जान के के पेश गर्नुपर्छ ?अब पर्यटक भिसामा विदेश जान यसरी विदेश जाने व्यक्तिले आफ्ना परिवारका सदस्यसँग नाता सम्बन्ध खुल्ने सरकारी कागजात पेश गर्नुपर्नेछ । कम्तीमा वार्षिक ४ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने र कर प्रणालीमा आवद्ध भएको प्रमाणित हुने कागजात र कम्तीमा २ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको बैंक स्टेटमेन्टसमेत पेस गर्नुपर्ने छ । आम्दानीका आधारमा कर तिरेको प्रमाण, आवत जावतकै हवाई टिकट र जान लागेको देशमा होटल बुकिङ गरेको प्रमाण पनि बुझाउनु पर्नेछ । पर्यटक भिसामा जाने व्यक्तिको वार्षिक आम्दानी ४ लाख, कर तिरेको प्रमाणपत्र र बैंकमा नगद २ लाख मौज्दात नरहेको अवस्थामा परिवारका कुनै एक सदस्यको भएपनि हुने कार्यविधिमा उल्लेख छ । ‘जस्तो, राम र श्याम दाजुभाइ हुन्, राम टुरिष्ट भिसामा विदेश जानुपर्ने भयो, रामको आम्दानी वार्षिक ४ लाख छैन, कर तिरेको प्रमाण छैन र उसको बैंक खातामा २ लाख नगद मौज्दात पनि छैन भने उसको भाइ श्यामको खातामा तोकिए अनुसार पैसा छ र वार्षिक ४ लाख आम्दानी पनि हुने गरेको कागजात छ भने श्यामसँगको नाता प्रमाणित कागजातका आधारमा रामलाई जान दिन मिल्ने गरी कार्यविधि स्वीकृत गरिएको छ’ गृह स्रोतले भन्यो । परिवारका सदस्य सञ्चालक रहेको संस्था वा कम्पनीको आम्दानी, उक्त कम्पनी कर प्रणालीमा आवद्ध भएको प्रमाण र कम्पनीको समेत बैंक मौज्दात २ लाख छ भने उक्त कम्पनीको सञ्चालक सँगको नाता खुल्ने प्रमाणका आधारमा पनि टुरिष्ट भिसामा विदेश पाइने छ ।तर, हवाई टिकट लिनु अगाडी अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने छ । स्वीकृति लिन आफू जाने ७ दिन अगाडी नै विभागको अनलाइन प्रणालीबाट निवेदन दिनु पर्नेछ । त्यसपछि हवाई टिकट र होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने छ ।नियमित यात्रु र विगतमा लामो समय विदेशमा बसेका व्यक्तिहरूको हकमा भारत, मलेसिया र खाडी देशबाहेक कम्तीमा २ देशको भ्रमण गरेको अभिलेख पनि बुझाउनु पर्नेछ । यसरी २ देश भ्रमण गरेको अभिलेख बुझाउँदा ट्रान्जिट भिसालाई भ्रमण गरेको मानिने छैन ।उच्च शिक्षा अध्ययनको हकमा प्राविधिक विषय भए कम्तिमा डिप्लोमा र अन्य विषय भए स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र बुझाउनु पर्नेछ । पहिल्यै लामो समय विदेश बसेका व्यक्तिको हकमा भारत, मलेसिया र खाडीका देश बाहेक अन्य देशमा कम्तीमा २ वर्ष बसेको देखिने अभिलेख बुझाएपछि मात्रै पर्यटक भिसामा विदेश जान दिईनेछ । यस्ता व्यक्तिले आफू जान लागेको देशमा रहेका आफ्ना आफन्तको सम्पर्क नम्बरसहितको विवरण पनि बुझाउनु पर्नेछ । त्यस्तै, विदेशमा आफन्त बिरामी परेर कुर्न जानुपर्ने भएमा बिरामीको राहादानी, भिसा र गन्तव्य मुलुकमा बिरामी आगमन भएको देखिने कागजको प्रतिलिपि बुझाउनुपर्ने छ । गन्तव्य मुलुकमा रहेको वा सो देश हेर्ने नेपाली दूतावास वा बिरामी कार्यरत कम्पनीले बिरामी भइ उपचार गराउनुपर्ने अवस्था रहेको भनेर लेखेको पत्र, ३ पुस्ता भित्रको नाता खुल्ने सरकारी कागजात, २ तर्फी हवाई टिकट र आफू जान लागेको देशमा वेबसाइट खुल्ने गरी होटल बुकिङ गरेको प्रमाण वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बरसहितको विवरण बुझाउनु पर्नेछ ।यसैबीच, विदेशमा आफन्तको मृत्यु भएर पर्यटक भिसामा जानु पर्दाको अवस्थामा भने स्थानीय तहको सिफारिस भए पुग्नेछ । तर, यसका लागि मृतकको राहदानीको प्रतिलिपि वा राहदानीको प्रतिलिपि प्राप्त हुन नसके मृतकको परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा मतदाता परिचय पत्र उपलब्ध गराउनु पर्नेछ । दूतावास वा मृतक कार्यरत रहेको कम्पनीले मृत्यु भएको प्रमाणित गरेको कागजात पनि पेश गर्नुपर्ने छ । यस्तो छ कार्यविधिः

सम्बन्धित सामग्री

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

काठमाडौं, जेठ २१ । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपैयाँ करयोग्य आयमा एकल […]

ठूला करदाता खोज्दै विराटनगर, सरकारी संस्थानले नै तिरेनन् कर

३० चैत, विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरले गत वर्षको तुलनामा आन्तरिक आम्दानी बढ्ने देखिएको छ । कर संकलन अभियानलाई तीब्र बनाएको महानगरपालिकाले आन्तरिक आम्दानी बढ्ने भएको हो । गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा महानगरपालिकाले ४१ करोड ८२ लाख […]

आईआरएसले ४ लाख भन्दा कम आम्दानी हुनेहरुको लेखा परीक्षण नबढाउने

आईआरएसले ४ लाख डलर भन्दा कम आम्दानी हुनेहरुको लेखा परीक्षण नढाउने प्रतिबद्धता जनाएको छ । बरु आईआरएसले बाइडेन प्रशासनको योजना अन्तर्गत धनीहरूको लेखा परीक्षण भने दस गुणा वृद्धि गर्ने लक्ष्य राखेको छ । आईआरएको थप ८० बिलियन डलरको कोष उच्च आय हुनेहरु र जटिल व्यवसायहरूबाट नतिरेको कर तिराउनका लागि लेखा परीक्षणमा प्रयोग गर्ने आईआरएस र […]

साढे ३८ करोडले बढ्यो काठमाडौं महानगरको आम्दानी

काठमाडौं महानगरपालिकाको आम्दानी साढे ३८ करोड रुपैयाँले बढेको छ । गत वर्ष २०७८ को असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा उक्त आम्दानी बढेको हो । गत वर्षको असोज ५ गते महानगरले १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ आम्दानी गरेको थियो । जुन, ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँले बढेर १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ पुगेको छ ।यो गत वर्षको असोज ५ गतेको तुलनामा यो वर्षको सोही अवधिमा २८.८५ प्रतिशतले बढी हो । महानगरले धमाधम वर्षौदेखि नउठेको कर उठाइरहेको छ । भृकुटीमण्डपमा अवस्थित फनपार्कदे

एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

१ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । बका अनुसार साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन […]

पाकिस्तानमा वार्षिक १२ लाख रुपैयाँ कमाउनेले १०० रुपैयाँ कर तिर्नुपर्ने

इस्लामाबाद : पाकिस्तानमा संघीय सरकारले आर्थिक वर्ष २०२२-२३ को बजेट प्रस्तुत गरेको छ। आफ्नो बजेट भाषणमा अर्थमन्त्री मिफ्ता इस्माइलले अहिले मासिक १ लाख रुपैयाँ अर्थात् वार्षिक १२ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर दाखिला गर्न छुट दिएको बताए।अर्थ विधेयकअनुसार वार्षिक ६ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई अझै पनि पूर्ण रूपमा छुट दिइएको छ भने वार्षिक आम्दानी १२ लाख रुपैयाँसम्म हुनेले भने प्रतिवर्ष १०० रुपैयाँ कर तिर्नुपर्नेछ।अर्थमन्त्रीले आफ्नो भाषणमा कर तहको विवरण सार्वजनिक नगरेको बीबीसीले जना

वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने

काठमाडौँ । सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । विवाहितको हकमा भने यस्तो सीमा ६ […]

अब ५ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत मात्रै कर

काठमाण्डाै – सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमार्फत सरकारले आउँदो आर्थिक वर्षमा पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेकाे हो ।  यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने छ । अहिलेको व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।

वार्षिक कति कमाउनेले कति कर तिर्ने ? हेर्नुहोस् पूरा विवरण

काठमाण्डाै - सरकारले नागरिकबाट कर असुल्छ भन्ने जानकारी भए पनि कति कमाइ गर्दा कति कर तिर्नुपर्छ भन्नेमा धेरै जना अन्योलमै रहेको पाइन्छ ।विशेषगरी आयकरका दरबारे नागरिकले जान्नैपर्ने हुन्छ । सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुसँगबाट एक प्रतिशत मात्रै कर लिन्छ । त्यसपछि जति धेरै आम्दानी हुँदै जान्छ त्यति धेरै नै कर तिर्नुपर्ने हुन्छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै कमाउनेले त ३६ प्रतिशतभन्दा धेरै आयकर सरकारलाई बुझाउनुपर्छ ।आउँदो आर्थिक वर्षदेखि कति कमाइ हुँदा कति कर तिर्नुपर्छ भन्ने पूरै जानकारी यसप्रकार छ ।

जति धेरै आम्दानी उत्ति धेरै कर !

२१ जेठ, काठमाडौं । तपाईंले काम गरिरहेको उद्योग-प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध छैन भने तपाईंको पारिश्रमिकबाट सरकारले मासिक १ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि काट्ने गर्छ । यस्तो कर रकम भुक्तानीकै बेला तपाईंको आम्दानीबाट कट्टी गरिन्छ । १ प्रतिशत कर कट्टी गरिने आम्दानीको सीमा भने वार्षिक ४ लाख रुपैयाँ (मासिक ३३ हजार ३३३ रुपैयाँ) […]