राष्ट्रकविको स्वास्थ्य अवस्था सामान्य, नियमित परीक्षणका लागि अाउनुभएको होः ग्रान्डी अस्पताल :: Pahilopost.com

काठमाडौँः राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना गलत भएको ग्रान्डी अस्पतालले जनाएको छ। केही सञ्चारमाध्यमले घिमिरेलाई ग्रान्डीको सघन उपचार कक्षमा राखिएको समाचार सम्प्रेषण गरेका थिए।  ग्रान्डी अस्पतालमा मिडिया कोअर्डिनेटर विनोद अधिकारीले नियमित स्वास्थ्य परीक्षणका लागिमात्र राष्ट्रकवि घिमिरे अस्पताल आएको बताए। अधिकारीले ग्यास्ट्रिक र हाडजोर्नीको नियमित फलोअपमा आएको

सम्बन्धित सामग्री

डा गोविन्द केसीको पित्तथैलीको अप्रेसन, स्वास्थ्य अवस्था सामान्य

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको अप्रेशन गरिएको निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी शिक्षण अस्पताल भर्ना भएका थिए।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए।

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका उहाँमा पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यही अवस्था कायम रहेमा सम्भवतः भोलि मङ्गलवरासम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने उहाँको भनाइ छ ।  यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरि...

कस्तो छ, खेलमैदानमै बेहोश भएका अलमुताईरीको स्वास्थ्य अवस्था ?

कुवेतविरुद्धको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका थिए।मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्याएको थियो ।उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिए

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य छः अस्पताल

काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो। जोशीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। यसअघि पनि स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई एक हप्ता अस्पताल भर्ना गरेर गरिएको थियो।

मन्त्री रेग्मीको स्वास्थ्य अवस्था सामान्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ज्वरो आएकी मन्त्री रेग्मीको टाउकोमा चोट लागेपछि बीर अस्पताल भर्ना भएकी थिइन् । मन्त्री रेग्मीको टाउको बाहिरी भागमा रगत जमेको पाइएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एमआरआई पछि टाउको बाहिरी भागमा जमेको रगत पातलो बनाउनका लागि उपचार सुरु गरिएको छ ।’

महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री अस्पतालमा: स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका छन् । लोसपा नेता सुरेन्द्रकुमार झाका अनुसार बुधबार राति अस्पताल पुगेर गृहमन्त्री खाँणले स्वास्थ्य अवस्था बुझेका हुन् । अस्पताल पुगेर गृहमन्त्रीले स्वास्थ्य लाभको कामना गरेको झाको भनाइ छ । ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष महन्थ ठाकुरजीको स्वास्थ्य अवस्था बुझ्न […]

मन्त्री झाँक्रीको वीर अस्पतालमा उपचार हुँदै, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । बुधबार साँझ वीर अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई मौसमी ज्वरोले सताएको झाँक्रीको परिवारले जनाएको छ । पाँच दिनदेखि रुघाखोकी लागेपछि उनी घरमै केयर गरेर बसेकी थिइन । आरामकै क्रममा उनमा निमोनियाको लक्षण देखिएपछि अस्पताल […]

बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य, भोलि डिस्चार्ज हुने

काठमाडौं : 'पोस्ट कोभिड सिन्ड्रोम' भई अस्पताल भर्ना भएका पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोनाविरुद्धको खोप लगाएपछि उनलाई ज्वरो आएकोले त्रिवि शिक्षण महाराजगञ्‍जमा फागुन १९ गते साढे ११ बजे भर्ना भएका थिए।'अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ज्वरो पनि छैन,' अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले भने,'स्वास्थ्य अवस्था यही गतिमा सामान्य रहेमा भोलिसम्ममा उहाँलाई डिस्चार्ज गर्न सक्ने सम्भावना छ। अहिले आराम गरिरहनुभएको छ।'

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, छिट्टै डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।