कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका विन्दुकुमार थापा संघीयता कार्यान्वयनका सवालमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन् । अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहेको भन्दै आफ्नो कार्यकालमा ती कानुन बनाउने प्रतिवद्धता उनले व्यक्त गरे ।कानुन कै विद्यार्थीसमेत रहेका उनले आफ्नो विज्ञताअनुसारकै मन्त्रालयको जिम्मेवारी पाएका छन् । आफ्नो कार्यकालमा प्रदेशलाई समृद्ध बनाउन आवश्यक पर्ने कानुन निर्माणमा जोड दिन